जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । एमालेका दल नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेसका यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनलाई प्रदेश सभामा रहेका ७ राजनीतिक दलले समर्थन जनाएका छन् । उनका पक्षमा प्रदेश सभाका ७७ सांसद छन् । मुख्यमन्त्री यादवले आज पद तथा गोपनियताको सपथ लिएसँगै आजै मन्त्रीमन्डल विस्तार समेत गर्ने तयारी गरेका छन् ।
त्यसका लागि हिजो शनिबार जनकपुरमा बसेको ७ राजनीतिक दलका नेताहरुबीचमा छलफलले भागवन्डाको टुंग्गो लगाईसकेको बैठकमा सहभागी एक नेताले सफलखबरलाई बताए । उनका अनुसार, कांग्रेसले मुख्यमन्त्री पाएपछि अब प्रदेश सभाको सभामुख भने जनता समाजवादी पार्टी (जसपा)ले पाउनेछ । जसपा पनि मुख्यमन्त्रीको आकांक्षी थियो । तर अन्तिम समयमा उसले भागवन्डामा सभामुख आफुले लिएर मुख्यमन्त्री कांग्रेसलाई छोड्न तयार भएको हो ।
विगतमा कांग्रेस र एमाले एकातिर र अन्य राजनीतिक दल अर्काेतिर थिए । तर जसपाका जितेन्द्र सोनलले प्रदेश सभामा विश्वासको मत नपाउने अवस्था आएपछि राजीनामा दिँदा एमालेले कांग्रेसलाई छोडेर आफैं मुख्यमन्त्री लिने गरी अगाडी बढ्दा मधेसमा एमालेलाई गहिरो धक्का लागेको छ ।
एउटा पद लिन खोज्दा उसलाई तीन वटा पदको घाटा लागेको छ । अर्थात, त्यस अगाडीसम्म प्रदेश प्रमुख रहेका एमाले कोटका प्रमुखको पद गुमेको छ । मुख्यमन्त्रीको पद पनि गएको छ । त्यस्तै प्रदेश सभाको सभामुखको पद पनि गुमेको छ । त्यक्तिमात्रै होइन, प्रदेश सभामा कांग्रेससँग सहकार्य गरिरहेको एमाले एक्लिएको छ । कांग्रेस अन्य दलहरुसँग मिलेर सरकारको नेतृत्वमा पुगेको छ ।
त्यस आधारमा कांग्रेस, जसपा, नेकपा लगायत ७ दलले कांग्रेस दल नेताको नेतृत्वमा बनेको सरकारमा मन्त्री, सभामुख लगायत भागवन्डा टुंग्गो लगाएका छन् । भागवन्डा अनुसार, अब मुख्यमन्त्री पाएको कांग्रेसले दुई मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा)ले सभामुखसहित दुई मन्त्रालय, नेपाली कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको पार्टी) ले तीन वटा मन्त्रालय, जनमत पार्टीले दुई मन्त्रालय र लोसपाले दुई मन्त्रालय लिने गरी भागवन्डाको टुंगो लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन–मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ