काठमाडौं । विगतको मधेस आन्दोलनलाई मुख्य जग बनाएर फेरि मधेस केन्द्रीत दलहरुले एकता समझदारी गरेका छन् । जेनजी विद्रोहपछि राजनीतिक दलहरुका बीचमा आईरहेको उथलपुथल मधेस केन्द्रीत दलमा पनि देखिएको छ । विगतमा सरकारमा को पुग्ने, नपुग्ने झिनामसिना मुद्दामा मधेसी दलहरु छिन्नभिन्न हुँदै आएका थिए ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका मेयर बालेन शाहलाई पार्टीमा भित्राएको सहमति सार्वजनिक भएकै दिन मधेसका दुई पार्टी उपेन्द्र यादवको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतात्रिक पार्टी (तमलोपा)का बीचमा एकता समझदारी घोषणा भएको थियो । काठमाडैंमा बालेन रवि मिल्दै गर्दा मधेसी जनतामा पनि उत्साह दिने भन्दै महन्थ र उपेन्द्र यादवका बीचमा पार्टी एकता घोषणा भएको थियो ।
यो घोषणापछि यी दुई मधेस केन्द्रीत दलमा फेरि अन्य दुई घटकले एकतामा आउने समझदारी बनाए । जसमा थिए रेणु यादव, प्रदीप यादवसहितका अशोक राईको पार्टी छोडेर आएका नेताहरुको समुह र अर्काे हद्देयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी । तर चार पार्टी-समुहले एकता घोषणा गरेको एक साता लामो समय भईसक्दाप नि एकीकृत पार्टीको नाम के हुने ? विधान कस्तो हुने, चुनाव चिन्ह्र केलाई मान्ने र एकीकृत पार्टीको नेतृत्व कसलाई मान्ने र अरु नेताहरुको ब्यवस्थापन के हुने ? भन्ने जस्ता विषयमा नेताहरु अलमलमा छन् ।
यधपी, उनीहरुले प्रतिनिधिसभाको समानुपातिक तर्फको सूची भने सामुहिक बुझाईसकेका छन् । एकीकृत पार्टीको नाम, नेतृत्व र चुनाव चिन्हलाई नै अन्तिम रूप दिन नसकेपछि अन्य विषय त झन् परको विषय भएको नेताहरुको भनाई छ । केही नेताहरुले एकता समझदारी बनाएर मात्र नहुने भन्दै तत्काल टुग्याउनु पर्ने विषय पार्टी नाम, नेतृत्व , चुनाव चिन्ह्र जस्ता विषयमा काम गर्न नेताहरुलाई दवाव बढाउन थालेका छन् ।
एकता समझदारी मात्र बनाउने तर एकताको मुलभूत पक्षमा टुंगो नलाग्दा पार्टी झन् समस्यामा पर्ने भन्दै नेताहरुलाई दवाव बढेको छ । ‘फराकिलो सम्झौताले मात्र पुग्दैन, टुग्याउनुपर्ने विषय तत्काल टुग्याउन नेताहरुमाथी प्रेसर छ,’ जनता समाजवादी पार्टीमा रहेका एक नेताले सफलखबरसँग भने ।
सत्ता स्वार्थमा यी दलका नेताहरु पटक पटक जुट्ने र फुट्ने गदैं आईरहेकोले अहिले पनि बैकल्पिक शक्तिहरुका बीचमा देखिएको एकता, पूराना पार्टीहरुमा पनि भईरहेको नयाँ नयाँ धुव्रिकरण लगायतले मधेस केन्द्रीत दलका नेताहरुलाई पनि एक ठाँउमा ल्याउने वातावरण बनाईदिएको हो । यधपी, उनीहरुका आ आफना स्वार्थका कारण अझैपनि दिगो एकता हुनेमा आशंका कायमै छ ।
जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले अझै पनि एकीकृत पार्टीको नाम र पार्टी नेताहरूको प्रमुख जिम्मेवारी बाँडफाँडको बारेमा छलफल भईरहेको र विधानको काम टुग्गो लाग्ने वित्तिकै एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी भईरहेको बताए ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश तिरपाठीले पनि चार मधेसी दलहरू बीच एकीकरण भइसकेको बताए । केही प्राविधिक विषय टुग्गो लगाउन मात्र बाँकी रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ
मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै
मधेस प्रदेश सरकार गठनविरुद्ध आज पनि ७ दलको धर्ना