काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारको नीति तथा कार्यक्रमसम्बन्धी कार्य अघि बढाउन खोजिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ।
प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचेतक ऐन महरले संसद्लाई पूर्वजानकारी नदिई प्रधानमन्त्रीको सट्टा अन्य मन्त्रीमार्फत विषय प्रस्तुत गर्ने प्रयास गरिएको भन्दै त्यसलाई संसदीय अभ्यास, नियमावली तथा संवैधानिक व्यवस्थाविपरीत भएको टिप्पणी गरे।
उनले संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी रहने व्यवस्था रहेको उल्लेख गर्दै सरकार संसद्प्रति जबाफदेही हुनुपर्ने बताए।
बैठकमा एमाले सांसद गुरु बरालले पनि प्रधानमन्त्रीको अवस्थाबारे सदनलाई स्पष्ट जानकारी दिन सरकारसँग माग गरे। उनले प्रधानमन्त्री बैठकमा अनुपस्थित हुनुको कारण सार्वजनिक गर्नुपर्ने धारणा राख्दै आवश्यक अवस्था भए अन्य मन्त्रीले जवाफ दिन सक्ने भए पनि त्यसबारे सदनलाई औपचारिक जानकारी गराउनुपर्ने बताए।
प्रतिपक्षी दलहरूले उठाएका प्रश्न र चासोलाई सत्तापक्षले बेवास्ता गरेको भन्दै एमाले सांसदहरूले आपत्ति जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड