काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले बोल्ने कायूसूची छ ।
२८ बैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची आजको बैठकमा छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
१३ चैतमा प्रधानमन्त्री भएपछि बालेन्द्र शाह (बालेन)ले अहिले सम्म संसदमा एक शब्द पनि बोलेका छैनन । गृहमन्त्रालयको समेत कार्यभार सम्हालेका उनी राज्य ब्यवस्था समितिको बैठकमा समेत नगएपछि समितिको बैठक समेत पनि प्रभावित हुँदै आएको छ । अझ राष्ट्रपतिले निति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै बैठक छोडेर निस्केपछि प्रधानमन्त्रीको आलोचना भईरहेको छ ।
संसदमा उनले देखाएको कार्यशैलीले मैमत्त प्रधानमन्त्रीको आरोप उनीमाथी लाग्न थालेको छ । यही मेसोमा आज उनले संसदमा सम्वोधन गर्ने चर्चा बढी नै चुलिएको छ ।
संसदमा सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथी छलफल पारम्भ गरियोस भनेर प्रस्ताव राख्ने र छलफलमा सहभागीहरुले उठाएका प्रश्नको जवाm दिने कार्यसूचीमा प्रधानमन्त्रीको नाम छ ।
विगतको परम्परा पनि यसरी नै राखिन्थ्यो । तर राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गर्दा बीचमै जुरुक्क उठेर हिँडेका र १३ चैतमा प्रधानमन्त्री भएयता अहिलेसम्म पनि नबोलेकाकारणसंसदमा नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले नै दिन्छन् भन्ने प्रश्नमा आशंका छ ।त्यसको संकेत रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले मंगलबार नै संसदको बैठकमा गरिसकेका छन् ।
‘भोलिको बैठकमा सैद्दान्तिक छलफल हुने र त्यसमा उठेका प्रश्नहरुको अर्थमन्त्रीले जवाफ दिनुहुनेछ,’ सत्तारुढ दल रास्वपाका संसदीय दलका उपनेता पराजुलीले मंगलबारकै संसदमा खुलासा गदै भनेका थिए ।
उनले सरकारको नीति तथा कार्यक्रमका बारेमा अर्थमन्त्रीले जवाफ दिने खुलाईसकेका छन् । यसले पनि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्वोधन गर्ने सम्भाबना रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड