काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष पदका लागि आवेदन मागेको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गरी पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका लागि अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको हो।
मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगको भने अध्यक्ष पदका लागि मात्र आवेदन मागिएको छ।
मन्त्रालयले इच्छुक व्यक्तिलाई सात दिनभित्र वैयक्तिक विवरण, शैक्षिक प्रमाणपत्र, अनुभव पेस गर्न भनेको छ।
यसैबीच शिक्षामन्त्री महावीर पुनले भने पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिमसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको अध्यक्षका लागि पनि विज्ञापन खुलाइएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०८२, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा मन्त्रालयद्वारा पाठ्यक्रम सुधारका लागि विज्ञ कार्यदल गठन
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय