काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्ने तयारीमा रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री महावीर पुनले आज (कात्तिक १६ गते) केशरमहलस्थित कार्यकक्षमा अन्तिम दिन बिताउँदै सिंहदरबारमा सर्ने तयारीमा रहेको जनाएको छ ।
जेन जेड आन्दोलनका क्रममा सिंहदरबारभित्रको मन्त्रालयमा आगजनी भएपछि मन्त्रालयलाई अस्थायी रूपमा केशरमहल सारिएको थियो।
मन्त्रालयका अनुसार तिहारपछि अधिकांश कार्यालयगत काम सिंहदरबारबाट सञ्चालन भइरहेको छ। यद्यपि सिंहदरबारस्थित भवनमा अझै मर्मत तथा सुधारका काम भइरहेकाले केही कार्य भने केशरमहलबाट पनि सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा मन्त्रालयद्वारा पाठ्यक्रम सुधारका लागि विज्ञ कार्यदल गठन
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग