काठमाडौं । केपी शर्मा ओलीको पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशव्यापी आन्दोलन चर्काउने घोषणा गरेको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकको निर्णयअनुसार आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र पठाइने भएको हो। पार्टीले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको गिरफ्तारी गैरकानूनी भएको निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकले ओलीको गिरफ्तारीले संविधान, मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गरेको ठहर गरेको छ। एमालेले यस कदमविरुद्ध थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'