काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो ।
बैठक बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ । साथै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेता बनाउने लगयात विविध विषयमा छलफल गरिने जनाइएको छ ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०८२, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी