काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । सुर्खेतको विरेन्द्रनगरमा हिजोदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधि विवादले आइतबार मतदान प्रक्रिया सुरु हुन सकेको थिएन ।
सभापतिका लागि वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत (एनके) र कोषाध्यक्ष स्नेहा उपाध्याय को उम्मेदवारी परेको छ ।
रास्वपाको कर्णाली समिति ४१ सदस्यीय हुने विधानको व्यवस्था छ । विधान अनुसार सभापति र सदस्यहरूको पहिलो चरणमा अधिवेशन हुनेछ भने दोस्रो चरणमा अन्य पदाधिकारीको लागि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असार २०८३, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि