काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आगामी महाधिवेशनको तयारी र पार्टीको आन्तरिक नीतिबारे सघन छलफल भइरहेको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आजको बैठक मुख्य गरी यही असार ७ गतेदेखि चितवनमा हुन लागेको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित रहेको छ। बैठकमा महाधिवेशनको व्यवस्थापकीय तयारी, प्रतिनिधि छनोट र कार्यतालिकाका विषयमा समीक्षा भइरहेको छ।
यसका साथै पार्टीको भावी दिशा तय गर्ने महत्त्वपूर्ण दस्तावेज मानिएको ‘विधान मस्यौदा’ माथि पनि सचिवालय बैठकमा विस्तृत छलफल हुने स्रोतले जनाएको छ। महाधिवेशनमा पेश गरिने विधान परिमार्जनका विषय र सांगठनिक संरचनाबारे केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम जारी छ। चितवन महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन पार्टीले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०८३, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित