सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन् ।
मंगलबार राति सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।
कुल खसेको ४०० मतमध्ये खड्काले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गरे ।
सभापतिमा पुनःनिर्वाचित भएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिका रूपमा चिनिन्छन् । त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गरेका थिए । उनी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट उम्मेदवार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०८३, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी