काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवको अभिव्यक्तिप्रति रास्वपाका सांसद गणेश कार्कीले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले रास्वपासँग तपाईँको नाभी अझै काटिएको छैन भनी टिप्पणी गर्दै सभामुखको भूमिकामा प्रश्न उठाएका थिए । प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सभामुखले कुनै कदम नचालेको उनको आरोप थियो ।
यादवले बोलेलगत्तै रास्वपा सांसद कार्कीले प्रतिनिधि सभाको नियमावली २१ को ख हेर्न आग्रह गरे। उनले सभामुखको आचरणमाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे ।
कार्कीले आपत्ति जनाएलगत्तै सभामुखले पनि यादवको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले भने, ‘उहाँले बोल्नुभएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०८३, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी