काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा आज भारत प्रस्थान गर्ने भएका छन् ।
नेपाल र भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा। जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। सो अवसरमा दुई देशका विदेशमन्त्रीबिच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ।
विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबिच वार्ता हुने विज्ञप्तिमा उल्लेख छ। नेपाल र भारतबिचको आपसी सहयोग र समझदारीलाई नयाँ उचाइमा पुर्याउन यो भ्रमण महत्त्वपूर्ण कडी हुने मन्त्रालयको ठहर छ।
औपचारिक भ्रमणका सबै कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ जेठ २०८३, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण
परराष्ट्रमन्त्री दिल्ली जाँदै
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
हेरचाह कार्य पेसा मात्र नभएर मानवीयता पनि हो: परराष्ट्रमन्त्री
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा