काठमाडौं आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेलमा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन्।
श्रीलंकाको कोलम्बोमा शनिबार साँझ सवा ७ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण अवरुद्ध भएपछि दुवै देशले एकएक अंक बाँडेका हुन् ।
प्रतियोगितामा पाकिस्तान समूह चरणका ४ मध्ये तीन खेलमा जित र एकमा हारसहित ६ अंक जोडेर समूह ‘ए’को उपविजेता बन्दै सुपर–८ पुगेको हो । समूह डी बाट तीनमा जित र एकमा हार बेहोर्दै ६ अंक जोडेको न्युजिल्याण्ड सुपर–८ मा पुगेको हो ।
२० राष्ट्र सहभागि प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् । सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।
सुपर–८ अन्गतर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् भने दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
टी–२० विश्वकप २०२६ को फाइनल खेल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की २४ वर्षपछि विश्वकपमा पुग्न सफल
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड