काठमाडौं । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएका छन् । एमालेको चुनाव हिह्न ‘सूर्य’ अंकित झण्डा रास्वपा कार्यकर्ताले जनाएका हुन्। दाङको तुलसीपुर क्षेत्र एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो ।
बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह चलाएको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको हो ।
झण्डा जलाएका रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरोधी नाराबाजीसमेत गरेका थिए ।
सुर्खेतबाट बिहीबार राति रास्वपा सभापति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् । एमाले नेता र कार्यकर्ताले यो घटनाको विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ फागुन २०८२, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक