काठमाडौँ। जेन जेड आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् ।
गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट लड्ने उनको घोषणा छ । सामाजिक सञ्जालमार्फत गुरुङले आफ्नो उम्मेदवारीको उद्घोष गरेका हुन् । कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भन्ने उनले स्पष्ट पारेका छैनन् ।
गुरुङले लेखेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’
गुरुङले रास्वपाको एकीकरणमा अहम् भूमिका खेलेका थिए । तर, उनी स्वयम् भने रास्वपा प्रवेश गरेका छैनन् । पदाधिकारीका आकांक्षी भए पनि केन्द्रीय सदस्य मात्रै पाउने भएपछि उनी रास्वपा नगएका हुन् । बुझिएअनुसार गुरुङले रास्वपाको समर्थनमा चुनाव लड्न चाहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, १७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिएपछि सुदन गुरुङले दिए स्पस्टीकरण
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ, पार्टीभित्र राजीनामाको दबाब तीव्र
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा
गोरखा-१ मा सुदन गुरुङको अग्रता
‘रवि, बालेन र कुलमान मिलाएँ, अब सिभिलियन फोर्स गठन गर्छु’: सुदन गुरुङ