काठमाडौँ । ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बीच एकता सहमति भएपछि गुरुङले अब सिभिलियन फोर्स गठन गर्ने बताएका हुन् ।
‘मैले गोरखनाथमा खाएको कसम पूरा गरेँ । जनताको खुसी हुने काम गरेँ,’ उनले भने, ‘चुनाव त मेरो प्राथमिकतामा छैन । धेरै नेशनल समस्या हल गर्नुपर्ने छ । अब १-२ तारिक (जनवरी)मा सिभिलियन फोर्स गठन गर्छौँ । सबै नेपालीलाई एकै छातामा राख्ने काम गर्छौँ ।’
उनले आफ्नो मिसन नेपाललाई डिजिटल रूपमा एक ठाउँमा कसरी जोड्ने भन्नेमा रहेको पनि बताएका छन् ।
‘यो फोर्समार्फत टोलदेखि, गाउँदेखि समस्याहरू केन्द्रमा पुर्याउने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘पहिलो त उहाँहरू (रवि, बालेन र कुलमान)लाई मिलाउने थियो मिलाएँ ।’
आज बालेन, रवि र कुलमानसँग वार्ता गर्नका लागि एक ठाउँमा बस्ने वातावरण बनाएको पनि उनको दाबी छ ।
‘आज कुलमान दाइलाई उहाँहरू (रवि(बालेन) भएको ठाउँमा लिएर गएँ र भनेँ, ‘तीन जना भएर देश चलाउनुपर्यो,’ उनले थपे, ‘हामी यति लड्यौँ । काँग्रेस-एमाले त मिले तपाईँहरू हाम्रो लागि मिल्न नसक्ने ? भनेपछि तीन जना बस्नु भयो । रिजल्ट पनि आयो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिएपछि सुदन गुरुङले दिए स्पस्टीकरण
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ, पार्टीभित्र राजीनामाको दबाब तीव्र
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा
गोरखा-१ मा सुदन गुरुङको अग्रता
गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा