एजेन्सी । मेक्सिकोको दक्षिणी क्षेत्रमा शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ।
स्थानीय समयानुसार बिहान ७:५८ बजे गएको भूकम्पको केन्द्रबिन्दु दक्षिणी राज्य गुरेरोको सान मार्कोसबाट १५ किलोमिटर दक्षिणपश्चिममा १० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ।
मेक्सिको सिटीको राजधानी मेक्सिकोमा पनि भूकम्पको कम्पन महसुस भएको थियो। सहरमा भूकम्पको महसुस हुनुभन्दा केही सेकेन्डअघि लाउडस्पिकरबाट भूकम्पीय चेतावनी दिइएको थियो।
भूकम्पको धक्का सोनोरा, बाजा क्यालिफोर्निया र ओक्साका राज्यमा महसुस गरिएको थियो।
भूकम्प प्रभावित क्षेत्रमा नागरिकहरूले परकम्प आउन सक्ने सम्भावनाप्रति सजक बन्दै सहरी क्षेत्रमा हजारौँ बासिन्दा सहरको खुला स्थानमा भेला भई आफन्तहरूको अवस्था बुझिरहेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०८२, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी