काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १,५०० भन्दा बढी मानिस घाइते भएका छन्। उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
राजधानी काराकास तथा नजिकैको तटीय सहर ला ग्वाइरामा भत्किएका भवनहरूको भग्नावशेषमा अझै पनि मानिसहरू फसेको आशंका गरिएको छ। उद्धारकर्मीहरू मलबामुनि दबिएका व्यक्तिहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्।
भूकम्पका कारण हजारौं मानिस विस्थापित भएका छन्। धेरै भवन क्षतिग्रस्त र असुरक्षित बनेपछि स्थानीय बासिन्दा सडक तथा खुला स्थानमा रात बिताउन बाध्य भएका छन्।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (USGS) का अनुसार स्थानीय समयअनुसार बुधबार साँझ ६:०४ बजे पहिलो पटक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही सेकेन्डमै ७.५ म्याग्निच्युडको अर्को अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्प जमिनको सतह नजिकै उत्पन्न भएकाले व्यापक क्षति भएको बताइएको छ।
सरकार, सुरक्षाकर्मी तथा उद्धार टोली प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा जुटिरहेका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा क्षतिग्रस्त भवनमा प्रवेश नगर्न आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०८३, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
अमेरिकी आक्रमणबाट भेनेजुएलामा १०० जनाको मृत्यु
भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्यायो