काठमाडौं । नेकपा एमालेलाई लुम्बिनीमा गम्भिर झट्का लागेको छ । उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला समेत रहेको रुपन्देहीका निर्वतमान सांसद बाशुदेव घिमिरेले एमाले छोडेका छन् ।
उनले मंगलबार राती सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका छन् । ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’ घिमिरेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
एमाले छोडेर अब उनले आगामी फागुन २१ मा हुने चुनावमा रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्द नै उम्मेदवारी दिने तयारी थालेका छन् ।
उनी विघिटित प्रतिनिधिसभामा रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद थिए । त्यस अगाडी उनी २०७४ सालमा तिलोत्तमा नगरपालिकाको प्रमुख समेत भएका थिए । २०७९ सालमा भएको प्रतिनिधिसभा चुनावमा घिमिरेले रुपन्देही ५ मा नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले पराजित गदै चुनाव जितेका थिए ।
एमाले छोडेर अब उनले आगामी फागुन २१ मा हुने चुनावमा रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्द नै उम्मेदवारी दिने तयारी थालेका छन् । उनी एमाले छोडेर रास्वपा जाने तयारी भएको उनी निकट स्रोतले बताएको छ ।
रुपन्देहीमा उनको प्रभाव राम्रो मानिन्छ । उनी पार्टीको सिद्दान्त भन्दा पनि आफनो लाभहानीका विषयमा निक्कै चतुर खेलाडी मानिन्छन् । एमालेको एघारौं महाधिवेशनमा उनी पार्टीमा केन्द्रीय समिति सदस्यका लागि उम्मेदवार समेत थिए । तर उनी पराजित भए ।
रास्वपा सभापति रवि लामिछाने भैरहवा जेलमा रहँदा उनले जेलमै पुगेर लामिछानेसँग भेट गरेका थिए । त्यसबेला लामिछानेलाई भेट्ने उनी मात्र एक्ला एमालेका तत्कालिन सांसद थिए । काठमाडौं महानगरका मेयर बालेन शाहसँग पनि उनले भेटवार्ता गदै आएका थिए ।
पूराना राजनीतिक दलबाट अब मुलुक चल्न नसक्ने भन्दै बैकल्पिक शक्तिहरु एक भएर जानुपर्ने बताउँदै काठमाडौं मेयर बालेन, उर्जामन्त्री कुलमान घिसिङ लगायतलाई एकै दलभित्र समेटेका रविले घिमिरेलाई पनि रास्वपामा स्वागत गर्न लागेका छन् ।
उनको रास्वपा प्रवेशले सबैभन्दा बढी एमाले उपाध्यक्ष विष्णु पौडेललाई झट्का लागेको छ । पौडेलले उनलाई एमालेभित्र सधै काखी च्याप्दै आएका थिए । उनी ब्यापारिक पृष्ठभूमिका पनि भएकोले पौडेलका कतिपय आर्थिक ब्यवस्थापन पनि घिमिरेले नै गर्ने गरेको एमालेभित्र चर्चा छ ।
तर तिनै घिमिरेले केही दिन अगाडी मात्रै उपाध्यक्ष पौडेललाई भेटी आफु अब एमाले छोड्ने निश्कर्षमा पुगेको बताएका थिए । जवाफमा पौडेलले उनलाई सम्झाउने प्रयास गरेपनि उनी नफक्किएको घिमिरे निकट स्रोतको भनाई छ ।
अब उनी पौडेलसँगै रुपन्देही २ मा चुनाव लड्ने तयारीसहित रास्वपा प्रवेश गर्न लागेको उनी निकट स्रोतको भनाई छ । उनको रास्वपा प्रवेशले रुपन्देहीमा बलियो अवस्थामा रहेको एमालेलाई ठूलो झट्का लाग्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने