काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सीमाबारे प्रधानमन्त्री बालेन शाह मौन बसेको भन्दै प्रश्न उठाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ? भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘यहाँ फेरि पनि त्यही नक्सा माग गर्न चाहन्छु। जनताले त्यही देखेर केपी ओलीभन्दा राष्ट्रवादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्। अहिले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छरु समर्थकले सरकारको बचाउको लागि फेसबुकमा चिठी हालेको भरलाई जनताले पत्याइदिनुपर्ने हो कि कूटनीतिक पहल पनि केही भएको छ?’
उनले मुस्ताङको युरेनियम खानी कसैलाई दिएको भन्ने हल्ला के हो? भन्दै प्रश्न गरिन्। उनले सरकारमा रहेका मन्त्रीहरूको सुनको आम्दानीबारे पनि जनतालाई देखाउनुपर्ने बताइन्।
उनले थपिन्, ‘भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यत्रो धेरै सुन कहाँबाट आयो? बिल पनि सार्वजनिक गरियोस्। बिलबिना किनबेच हुँदैन, सुशासन र पारदर्शिता आफैँबाट सुरु गर्न सक्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग