काठमाडौँ । विभिन्न ११ बुँदे माग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल)ले शिक्षामन्त्री महावीर पुनलाई ज्ञापन पत्र बुझाएका छन् ।
एमाले सम्बद्ध विद्यार्थी संगठनका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको टोलीले शैक्षिक वातावरण प्रतिकूल हुने गरी शैक्षिक विसंगति भएको हुनाले तत्काल रोक्न ध्यानाकर्षण गराएको हो ।
उनीहरूले बुझाएको ज्ञापन पत्रमा विद्यमान ऐन–कानुनले नचिन्ने विदेशी शैक्षिक संस्थालाई कानुनी दायरामा ल्याउन उल्लेख गरेको छ भने त्यस्ता शैक्षिक संस्थाबाट मनोमानी रूपमा सञ्चालन भएका पाठ्यक्रमबाट विद्यार्थीलाई अनावश्यक शैक्षिक कार्यक्रम सञ्चालन गरेको पाइएको बताइएको छ ।
विभिन्न विदेशी नामबाट सञ्चालित संस्थाले विद्यार्थीबाट चर्को शुल्क लिइरहेको हुँदा त्यसको नियमनका लागि सरकारसँग माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०८२, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’
'सर्को तानेको बेला केही नलेखौँ' : शिक्षामन्त्री
भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल
आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले गरे यी ५ निर्णय : क्यान्सर उपचारमा प्रयोग हुने रेडियोधर्मी औषधि नेपालमै उत्पादन गर्ने