भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन

सफल खबर संवाददाता

सोमबार, १० कार्तिक २०८२, १० : २६
भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन्।

मन्त्री पुनले आफ्नो सम्पूर्ण समय काममा लगाउन चाहेको संकेत गर्दै अनावश्यक समारोहहरूमा सहभागी नहुने स्पष्ट पारेका छन्।

कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला,’ उनले भनेका छन्  ।

आफू युनेस्कोको महासभाको उज्बेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको जानकारी दिंदै उनले अत्यावश्यक काममा मात्र मन्त्रीहरू विदेश गएका स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस