नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०८२, ०८ : २७
नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर नभइ आपसमा मिलेर र जुटेर मात्रै शक्तिशाली भइने बताएका छन् ।

मन्त्री पुनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन आयोगमा धेरै नयाँ दल दर्ता भएको प्रति लक्षित गर्दै सानातिना कुरामा असन्तुष्टि राखेर पार्टी दर्ताको होडबाजीमा उत्रनु राम्रो नभएको बताएका हुन् ।

उनले लेखेका छन्– ‘हेर्नुहोस् १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे ! यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन् ।’

उनले यस्तो ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा खाइपल्केकाहरुको शासन फेरि फर्किने उल्लेख गरेका छन् ।

मन्त्री पुन लेख्छन्– ‘नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ । यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ।’

उनले नयाँशक्ति एकजुट भएर नजाने हो भने जेनजी आन्दोलनको लक्ष्य तुहिने भन्दै अहिले सरकारले गरेका राम्रा कामहरू तिनै भ्रष्टहरूले उल्ट्याउने उल्लेख गरेका छन् ।

मन्त्री पुनको स्टाटस यस्तो छ– ‘हेर्नुहोस् १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे ! यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन् । संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ । नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ । यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ । जेनजी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरू र निर्णयहरू पुरानै पापी भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उल्ट्‌याउँछन् ।’ 

प्रतिक्रिया दिनुहोस