काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच गएराति अबेरसम्म भएको वार्ता सहमति नजुटेपछि असफल भएको छ। पावर सेयरिङसहितका विषयमा मतभेद कायम रहेपछि वार्ता टुंगिन नसकेको बताइएको छ।
यसअघि पनि दुवै पक्षबीच पटक–पटक छलफल भए पनि ठोस सहमति हुन सकेको थिएन। पछिल्लो वार्ता पनि निर्णायक हुने अपेक्षा गरिए पनि सहकार्यको ढाँचा र जिम्मेवारी बाँडफाँटमा कुरा नमिल्दा प्रक्रिया रोकिएको हो।
वार्ता विफल भएपछि जेनजी अभियन्ता सुदन गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस अवस्थालाई परिवर्तन चाहने आम जनताको लागि दुःखद भएको टिप्पणी गरेका छन्।
उनले यो अवसर नभई गम्भीर परिस्थिति भएको उल्लेख गर्दै यस्तो समयमा सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिनुपर्ने अपेक्षा रहेको बताएका छन्।
गुरुङले कसैलाई कुनै पक्ष लिन बाध्य पारिनु नहुने भन्दै देशलाई विभाजन नभई एकताको आवश्यकता रहेको धारणा राखेका छन्। उनले निर्णायक घडीमा पनि एकताबाट टाढा देखिनु जनअपेक्षाविपरीत भएको समेत बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा एमालेले जेनजीको कार्यक्रम बिथोल्न खोज्यो : सुदन गुरुङ
१० बजेसम्म सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जान्छौं : सुदन गुरुङ
गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न- ‘सानालाई ऐन, ठुलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?
'सुरु भयो, अब सबै फाइल खुल्छन्' : सुदन गुरुङ
सुदन गुरुङलाई परीचालन गरीएको छ : महेश बस्नेत
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ : सुदन गुरुङ