काठमाडौं । काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बौद्ध बस्ने ४२ वर्षका सेड्डी भन्ने दावा शेर्पा र बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने २९ वर्षका रने भन्ने रन्जित खड्गी छन्। उनीहरूलाई मंसिर १२ गते बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अपरिचित समूहले धारिलो हतियार देखाएर क्यासिनो काउन्टरमा राखिएको नगद लुटपाट गरेका थिए। त्यही क्रममा क्यासिनोभित्रका संरचना तोडफोड र आगजनीसमेत गरी उनीहरू फरार भएका थिए।
दुवैलाई चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रव गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट सात दिनसम्मको म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी परिसरका सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ