प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, १२ बैशाख २०८३, १८ : ५७
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ । आज प्रदेश प्रमुख निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्रीबीच भेटवार्ता भएको हो । 

भेटमा समसामयिक राजनीति र प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम वैशाख १७ गते बिहीबार अपराह्न ४:०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरे । 

प्रतिक्रिया दिनुहोस