काठमाडौँ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ बजे बस्नेछ । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन । राष्ट्रिय सभाको निर्वाचनका आगामी ११ माघमा हुँदै छ ।
निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छन् ।
शुक्रबार भने सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की