काठमाडौँ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ बजे बस्नेछ । प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन । राष्ट्रिय सभाको निर्वाचनका आगामी ११ माघमा हुँदै छ ।
निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छन् ।
शुक्रबार भने सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूत एरी बासबीच शिष्टाचार भेट
पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्री कार्कीले गरिन् पुष्पगुच्छा अर्पण
आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा प्रधानमन्त्री कार्कीले लिइन जानकारी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री कार्कीसँग थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलको भेट