राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०८२, २० : १५
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नेछिन् ।

भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि नागरिक सरकारको नेतृत्व गर्दै पहिलो प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले देशको बागडोर सम्हालेकी थिइन् ।

शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्दैछन् । त्यसअघि कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस