जनकपुर । बिहान साढे ८ बजेका लागि आह्वान गरिएको मधेस प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित गरिएको छ ।
बिहान १०ः३० बजेसम्म सत्तापक्षका संसद् उपस्थित नभएपछि दिउसो २ बजे सम्मको लागि बैठक स्थगित गरिएको हो ।
मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।
सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय