काठमाडौँ । ‘हामी नेपाली’ संस्थाका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले पोखरामा एमालेले जेनजीको कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएका छन् ।
गुरुङले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘पोखरामा जेनजी भाइ बहिनीहरूको सङ्गठन बलियो बनाउन र देश प्रेमी पोखरेली आमा–बुबालाई दाजुभाइ तथा दिदी बहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।’
तर यसले आफूहरूको कदम नरोकिने गुरुङले बताएका छन् । ‘हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन’, गुरुङले भनेका छन्, ‘हामी सधैँ सत्य र देशको पक्ष उभिन्छौँ, हामी आफ्ना जेनजी दाजुभाइ–बहिनीका आवाजसँग जोडिन्छौँ र अझ बलियो हुन्छौँ, हामी झन्डा गर्वले उचाल्छौँ, झन्डा उठाएर, शिर ठाडो पारेर हामी ।’ पोखरामा गुरुङलाई सोमबार सम्मान कार्यक्रम राखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० बजेसम्म सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जान्छौं : सुदन गुरुङ
गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न- ‘सानालाई ऐन, ठुलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?
'सुरु भयो, अब सबै फाइल खुल्छन्' : सुदन गुरुङ
सुदन गुरुङलाई परीचालन गरीएको छ : महेश बस्नेत
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ : सुदन गुरुङ
को हुन सुदन गुरुङ, सामाजिक अभियन्ता वा नेटवर्क–खेलाडी ?