काठमाडौं । जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले सिमरा घटनापछि सम्राज उपाध्यायमाथि हात उठाउनेलाई कारबाही नगरे देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका छन्।
सरकार र गृहमन्त्रीतर्फ लक्षित गर्दै गुरुङले सिमरा प्रदर्शनमा जेन-जी जिल्ला संयोजक सम्राटमाथि कुटपिट गर्नेलाई शुक्रबार बिहान १० बजेसम्म पक्राउ नगरे देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका हुन्।
उनले मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हाम्रो शान्तिपूर्ण प्रदर्शनमा आएर हाम्रो सिमराका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेसम्ममा पक्राउ गरिएन भने, देशव्यापी विरोध सुरु गरिनेछ।’
सुदनले आफ्नो मौनतालाई कमजोरी नठान्नसमेत चेतावनी दिएका छन्। उनले अब हामी युवा र देशभक्त नेपाली जनताको शक्तिले प्रदर्शन गर्ने भन्दै यस्तो चेतावनी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०८२, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा
‘रवि, बालेन र कुलमान मिलाएँ, अब सिभिलियन फोर्स गठन गर्छु’: सुदन गुरुङ
रास्वपा-कुलमानबीचको वार्ता विफल भएपछि सुदन गुरुङले के भने ?
पोखरामा एमालेले जेनजीको कार्यक्रम बिथोल्न खोज्यो : सुदन गुरुङ
गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न- ‘सानालाई ऐन, ठुलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?
'सुरु भयो, अब सबै फाइल खुल्छन्' : सुदन गुरुङ