काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति गम्भीर प्रश्न गरेका छन्। व्यापारी दुर्गा प्रसाईले समाजलाई भड्काउने तथा गलत अभिव्यक्तिप्रति कडा असन्तुष्टि भए पनि उनीभन्दा बढी हिंसा भड्काउनेलाई पक्राउ नगरेको भन्दै उनले गृहमन्त्रीसँग असन्तुष्टि जनाएका हुन्।
प्रसाईंभन्दा पनि बढी भड्काउने, हिंसात्मक अभिव्यक्ति दिने व्यक्ति खुलेआम सरकारलाई चुनौती दिँदै हिँडिरहेको तर आन्तरिक सुरक्षाको नेतृत्व गर्ने गृहमन्त्रीले ती शक्तिशाली व्यक्तिविरुद्ध कारबाही गर्ने साहस देखाउन नसकेको भन्दै आपत्ति जनाएका हुन्।
उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी युवालाई टाउकोमा लक्षित गोली प्रहार गर्ने घटना गराउने अहिले पनि उन्मुक्त रूपमा हिँडिरहेको उल्लेख गर्दै गृहमन्त्रीको निष्क्रियतामाथि प्रश्न उठाएका हुन्।
गुरुङले गृहमन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, “विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेको शासनबीच के फरक रह्यो ? ‘सानालाई ऐन, ठूलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?’’
उनले सहिद भएका तथा घाइते युवाको न्यायिक सम्बोधन र सबै नागरिकलाई समान न्यायको प्रत्याभूति बिना चुनाव सम्भव नभएको बताएका छन्।
सरकारसँग गुरुङले छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिएपछि सुदन गुरुङले दिए स्पस्टीकरण
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ, पार्टीभित्र राजीनामाको दबाब तीव्र
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा
गोरखा-१ मा सुदन गुरुङको अग्रता
गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा