'मुखै हेर्दिन' भनेकी प्रधानमन्त्रीले प्रतिनिधिमार्फत शीर्ष नेतासँग वार्ता गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०८२, ०९ : ३७
'मुखै हेर्दिन' भनेकी प्रधानमन्त्रीले प्रतिनिधिमार्फत शीर्ष नेतासँग वार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै नागरिक अगुवाहरुले निरन्तर दवाव बढाउन थालेपछि उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग आफना प्रतिनिधिमार्फत सम्वाद गर्ने भएकी छिन् । 

आफैं भने कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष-सभापति-संयोजकसँग नभेटने अडानमा अझै अडिग छिन् । उनले ती दलका अन्य नेताहरुसँग सम्वाद गरेपनि एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरवहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छैनन ।

उनले आफनो नेतृत्वको सरकार बनेको महिना दिनसम्म कांग्रेस, एमाले र माओवादी दलका कुनै पनि नेतासँग सम्वाद गरेकी थिइनन् ।  त्यसपछि भने उनले ती पार्टीका शीर्ष बाहेकका नेतासँग सम्वाद सुरु गरिन् । 

निर्वाचन गराउन आएको सरकारका प्रमुखले मुख्य राजनीतिक दलका तीनै शीर्ष नेताहरुसँग सम्वाद नै नगरी कसरी चुनावी वतावरण बनाउँछिन् भनेर आलोचना हुँदा उनले कात्तिक १४ मा पत्रकारहरुसँग भनेकी थिइन्, ‘मलाई चाहिँ उहाँहरूसँग (ओली, देउवा, प्रचण्ड) सँग कुरा गर्ने इच्छा छैन ।’

चुनाव गराउन आएको सरकारले दलका शीर्ष नेतासँग सम्वाद नै गर्दिन् भनेर हठठी स्वभाव देखाउन नहुने बताएपछि कार्कीले आवश्यक परे अब प्रतिनिधिमार्फत कुरा गर्ने बताएकी छिन् । ‘केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष शक्तिमा रहनुभयो । जेनजी युवाहरूले दलभित्र उनीहरूको विकल्पमा आउने नेताहरूसँग कुरा हुनुपर्छ भन्ने ठानेका छन् । 

कार्कीलाई सोमबार भेटन पुगेका नागरिक अगुवाहरुले पनि चुनाव गराउने हो भने दलका शीर्ष नेतासँग सम्वाद नगर्ने हो भने कसरी वातावरण बन्छ ? भन्ने प्रश्न गरेका थिए । चुनाव गराउन आएको सरकारले दलका शीर्ष नेतासँग सम्वाद नै गर्दिन् भनेर हठठी स्वभाव देखाउन नहुने बताएपछि कार्कीले आवश्यक परे अब प्रतिनिधिमार्फत कुरा गर्ने बताएकी छिन् । ‘केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष शक्तिमा रहनुभयो ।

जेनजी युवाहरूले दलभित्र उनीहरूको विकल्पमा आउने नेताहरूसँग कुरा हुनुपर्छ भन्ने ठानेका छन् । अस्ति यहाँ वार्तामा बस्दा पनि जेनजीले दलहरूलाई २३ र २४ भदौको संहारमा ती नेताहरूको भूमिकाबारे प्रश्न उठाए ।’ कात्तिक १४ मा पत्रकारसँग उनले भनेकी थिइन्,‘तर मैले कुरा नगरे पनि मन्त्रीहरू रामेश्वरजी, कुलमानजी, ओमजीहरूले कुरा गरिराख्नुभएकै छ । दलहरूसँग कुरा नगर्ने भन्ने होइन । लोकतन्त्रमा दलहरूसँगै कुरा गर्नुपर्छ । मैले पनि गरेकै छु । यहाँ ईश्वर पोखरेल, पूर्णबहादुर खड्काहरू आइराख्नुभएकै छ । शंकर पोखरेल प्रदीप ज्ञवाली गगन थापा आदि आउनुहुन्छ । दलहरूसँग हाम्रो कुरा भइराख्छ । जेनजीले पनि दलसँग कुरा गर्नेबारे आपत्ति गरेका छैनन् । नियम कानुन संविधान राम्रोसँग बुझ्छन् जेनजीले । सरुमा जस्तो कडा कुरा छैन । तर मलाई चाहिँ उहाँहरूसँग (ओली, देउवा, प्रचण्ड) सँग कुरा गर्ने इच्छा । अब गर्नैपर्ने अवस्था आयो भने कुरा गर्न पनि सकिन्छ । तर एउटै लिडरसिप कति हेर्नु ।’

अब भने कार्कीले रामेश्वर खनाल, जगदीश खरेल र अनिलकुमार सिन्हमार्फत कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँगै सम्वाद गर्ने तयारी गरेकी छिन् । कार्कीले आफनो क्याबिनेटका मन्त्रीहरुलाई नै ती नेताका निवास पठाएर भेट गर्न पठाउन लागेको उनले नागरिक अगुवाहरुसाग बताएकी छिन् ।

चुनाव गराउन नसके उनी नेतृत्वको सरकारको असफलता देखिने भएपछि उनी अहिले प्रतिनिधि पठाएर वार्ताको मनस्थितीमा पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस