एजेन्सी । ब्रुनो फर्नान्डेज र जोआओ नेभेस दुबैले ह्याट्रिक गरेपछि पोर्चुगलले आर्मेनियालाई पराजित गर्दै फिफा विश्वकप-२०२६ मा स्थान पक्का गरेको छ।
गएराति भएको खेलमा पोर्चुगलले आर्मेनियालाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो।
पोर्चुगलले विश्वकपका स्थान पक्का गरेसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक विश्वकप खेल्ने भएका छन्।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेज र जोआओ नेभेसले ह्याट्रिक पूरा गरे। रेनाटो भेइजा, गोन्कालो रामोस, फ्रान्सिस्कोले समान एक गोल गरे।
जितसँगै समूह एफको पोर्चुगल ६ खेलमध्य ४ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोग्दै १३ अंकसहित शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो।
यता समूह आईको शीर्ष स्थानमा रहँदै नर्वे २८ वर्षपछि विश्वकपमा पुगेको छ। आइतबार राति इटालीलाई ४–१ गोलले हराउँदै नर्वेले विश्वकपमा स्थान पक्का गरेको हो।
नर्वेको जितमा एर्लिङ हालान्डले २ तथा एन्टोनियो नुसा र जोर्गेन लार्सेनले समान एक गोल गरे। नर्वेसँग पराजित भएको इटालीले भने विश्वकपमा स्थान बनाउन प्लेअफ खेल्नु पर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की २४ वर्षपछि विश्वकपमा पुग्न सफल
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड