देउवालाई उकास्दै ओली, संसद पूर्नस्थापनामा सहमत बनाउँदै

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०८२, ०९ : १३
देउवालाई उकास्दै ओली, संसद पूर्नस्थापनामा सहमत बनाउँदै

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले विस्थापित गरेका कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा फेरि नयाँ धुव्रिकरण देखा पर्न थालेको छ । 

फागुन २१ मा तोकिएको प्रतिनिधिसभाको चुनाव हुन नसक्ने भन्दै आवाज उठाईरहेका एमाले अध्यक्ष केपी ओली सिंगापूरमा उपचारमा रहेका कांग्रेस सभापति शेरवहादुर देउवासँग निरन्तर सम्वादमा छन् । 

दुई नेताका बीचमा अहिलेसम्म टेलिफोनमा पाँच चरणमा कुराकानी भईसकेको ओली निकट स्रोतले बतायो । ‘उहाँहरु (ओली देउवा) निरन्तर संवादमा हुनुहुन्छ,’ ओली निकट ती नेताले सफलखबरसँग भने,‘कांग्रेस सभापति उपचारका लागि सिंगापुर पुगेपछि मात्रै पनि उहाँहरुका बीचमा कम्तीमा पाँच पटक टेलिफोनमा सम्वाद भईसकेको छ ।’

‘उहाँहरु (ओली देउवा) निरन्तर संवादमा हुनुहुन्छ,’ ओली निकट ती नेताले सफलखबरसँग भने,‘कांग्रेस सभापति उपचारका लागि सिंगापुर पुगेपछि मात्रै पनि उहाँहरुका बीचमा कम्तीमा पाँच पटक टेलिफोनमा सम्वाद भईसकेको छ ।’

ओली प्रतिनिधिसभा पूर्नस्थापनाको पक्षमा छन् । ओलीले देउवालाई जेनजी पुस्ताको भदौं २३ र २४ को आन्दोलनको बाछिटाहरु विस्तारै हराउँदै जान थालेको र उनीहरुको प्रभाव कम भईरहेका बेला आफुहरुले मिलेर सक्रियता देखाउनुपर्ने प्रस्ताव राखेका थिए । 

देउवा दम्पती नै जेनजी विद्रोहका बेला भदौं २४ मा आफ्नै निवास बुढानिलकन्ठमा निर्घात कुटिएका थिए । त्यसपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावमा जानुपर्ने मत राखेर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर उनी उपचारका लागि सिंगापुर पुगेका थिए । 

कांग्रेसभित्र नियमित महाधिवेशन, विशेष महाधिवेशन के गर्ने ? फागुन २१ अगाडी महाधिवेशन गर्ने की पछाडी गर्ने भन्ने गोलचक्करमा कांग्रेस घुमिरहेको छ । त्यही बेला एमालेका ओलीले अगाडी सारेजस्तै संसद पूर्नस्थापनाको मागमा कांग्रेसको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेले हस्ताक्षर अभियान चलाएपछि कांग्रेसमा नयाँ तरंग गएको छ । 

घिमिरेले हस्ताक्षर अभियान चलाउँदै गर्दा कसको निर्देशनमा गराएको भन्ने विषय नखुलाएपनि देउवासँगको परामर्शकै आधारमा उनले अभियान चलाएको कांग्रेस नेताहरुको भनाई छ । 

देउवालाई ओलीले फागुन २१ मा सुशीला कार्की नेतृत्वको सरकारले चनाव गराउन नसक्ने भएकाले प्रतिनिधिसभा पूर्नस्थापनाको विकल्प नरहेको विषयमा कन्भिन्स गराईसकेको ओली निकट ती नेताले बताए । त्यसपछि एमालेभित्र र कांग्रेसमा घिमिरेले विघटित प्रतिनिधिसभाका सांसदहरुको हस्ताक्षर अभियान सुरु भएको हो । 

ओलीले संसद पूर्नस्थापना भए कांग्रेसमा फेरि देउवाको राजनीतिक पूनरोउदय हुने र आफुले एमालेमा फेरि पकड लिईसकेको दावीसहित देउवालाई मनाउने कोसिस गरेका थिए । त्यसमा देउवा सहमतिमा पुगेको बताइएको छ ।

यधपी, देउवाको तर्फबट भने यस विषयमा केही कुरा बाहिर आएको छैन । तर कांग्रेसभित्र महाधिवेशनको गोलचक्करमा सस्थापन पक्षले लिएका मतका आधारमा देउवाले सिंगापुर बसेर नेपालमा कांग्रेसको राजनीतिमा नदेखिएपनि हस्तक्षेप गरिरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस