काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको बताएका हुन्।
एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिरहँदा ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन्।
‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्’ उनले भने,’ लाखौँ कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’
उनले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
‘जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो’ : ओली
सेनाको हेलिकप्टरमा भागेको १०९ दिनपछि बालुवाटार पुगे ओली
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी