काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको बताएका हुन्।
एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिरहँदा ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन्।
‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्’ उनले भने,’ लाखौँ कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’
उनले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप