रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी

सफल खबर संवाददाता

आइतबार, २४ जेठ २०८३, ०९ : ००
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाका लागि नयाँ कार्यसमिति चयन गरेको छ।  जिल्ला समितिको सभापतिमा ओमनाथ भण्डारी चयन भएका छन्।

उपसभापतिमा पुष्पा ढकाल, सचिवमा विरोध सुबेदी र सहसचिवमा भीम कुँवर चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा डिल्लीराम न्यौपाने, राजनारायण राजवंशी र शान्तिमाया न्यौपानेलाई जिम्मेवारी दिइएको छ।

क्षेत्रीय समन्वयकमा क्षेत्र नम्बर १ देखि पाँचसम्म क्रमशः कमल गौतम, गोपाल कटुवाल, कमल बानियाँ, लिलामाया बस्नेत, चूडामणि पाठक चयन भएका छन् ।