रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

सफल खबर संवाददाता

आइतबार, २४ जेठ २०८३, ०८ : ०७
रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौं । रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् ।

पहिलो अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौं महानगर वडा नम्बर ८ का सभापति थिए ।

उपसभापतिमा रविन्द्र गौतम, सचिवमा शन्तमान महर्जन र सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन् ।

अधिवेशनका लागि ५२२ प्रतिनिधि रहेकोमा ४३८ मत खसेको थियो ।