काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्न सिफारिस भएको समाचारप्रति आपत्ति जनाएको छ। भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ।
एमाले केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैँको अवसर पर्खेर गरिएको यो कदम राजनीतिक प्रतिशोधयुक्त भएको आरोप लगाइएको छ।
सचिवालयले यसप्रकारका प्रतिशोधपूर्ण निर्णयले आयोगकै विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक