काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार ११ बजे बस्दैछ ।
प्रचार विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल)को अध्यक्षतामा बैठक बस्ने भएको हो ।
यसअघि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलनका लागि केन्द्रदेखि प्रदेश र जिल्लासम्मका पार्टी पंक्तिको विभिन्न भेला आयोजना गरिएको थियो ।
प्रचार प्रमुख आचार्यका अनुसार आज बस्ने बैठकले ती भेलाबाट प्राप्त सुझावका निष्कर्षमाथि छलफल हुनेछ । कार्यदलको निष्कर्षका आधारमा प्रतिवेदन लेख्ने र सो प्रतिवेदन सचिवालय बैठकमा पेश गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०८३, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस् : एमाले
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति