काठमाडौँ । नेकपा एमालेले त्रिपुरेश्वर घटनामा मृत्यु भएका गणेश नेपालीको विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताएको छ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले उक्त घटनालाई सामान्य व्यक्तिगत क्षतिका रूपमा मात्र लिन नहुने धारणा राखिन्।
उनले गणेश नेपालीको मृत्यु राज्यको नीति, व्यवहार र नागरिकसँगको सम्बन्धसँग जोडिएको विषय भएको उल्लेख गर्दै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्।
सांसद सुब्बाले राज्यले लागू गर्ने जरिवाना तथा प्रशासनिक कारबाहीका प्रक्रिया नागरिकमैत्री छन् वा छैनन् भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताइन्। उनले त्यसको प्रभाव बुझ्न सम्बन्धित घटनालाई दृष्टान्तका रूपमा लिन आग्रह गरिन्।
एमालेले घटनाको वास्तविक कारण पहिचान गर्न निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै सरकारसँग विस्तृत अनुसन्धानको माग गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०८३, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश नेपाली मृत्यु घटना : तीन नगर प्रहरी नियन्त्रणमा, सोधपुछ जारी
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने