सभामुखलाई एमालेको प्रश्न- प्रतिनिधिसभा नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १२ : ३८
सभामुखलाई एमालेको प्रश्न- प्रतिनिधिसभा नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?

काठमाडौं । नेकपा एमालेले सरकार निरङ्कुशता शैलीमा अघि बढेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद यशोदाकुमारी बरालले यस्तो आरोप लगाएकी हुन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा ४० दिनदेखि आवाज उठाउँदा समेत सभामुखले रुलिङ नगरेको भन्दै असन्तुष्टि जनाइन्।

उनले भनिन्, ‘यो अभिव्यक्ति न संसद्को रेकर्डबाट हटाइएको छ, न रुलिङ गरिएको छ न सच्चाइएको छ। यो विषयवस्तु संसद्ले कहिले हटाउँछ? यो नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो? यदि हो भने सत्तापक्षका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई लागू हुँदैन भनेर दस्ताबेजमा एउटा शब्द लेखिदिनुहोस्।’

उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्चाउनको लागि रुलिङ गर्न सभामुखसँग माग गरिन्।

प्रतिक्रिया दिनुहोस