काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले समाजलाई नै नयाँ ढङ्गले सोच्न प्रेरित गरेको बताएका छन् । केन्द्रीय कमिटी बैठकअघि प्रज्ञा भवनमा विकसित परिस्थितिबारे सञ्चारकर्मीसँग बोल्दै जेनजीले अघि सारेका माग सकारात्मक हुँदाहुँदै पनि २४ गते भएको आगजनी, तोडफोड र लुटपाटको सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्ने बताए ।
जेनजी आन्दोलनले समाजलाई नै नयाँ ढङ्गले सोच्न बाध्य बनाएको छ’, उनले भने– ‘आर्थिक, सामाजिक, राजनीतिक लगायतका सवै संरचनामा नयाँ ढङ्गले सोच्न प्रेरित गरेको छ ।’
आन्दोलनलाई ऊर्जाका रूपमा लिनुपर्ने पनि पुनको भनाइ छ । माओवादी केन्द्रभित्र नेतृत्व भइरहेको नेतृत्व परिवर्तनको चर्चाबारे पुनले अध्यक्ष प्रचण्डले नै नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने र आफ्नो भूमिका परिवर्तनका लागि प्रस्ताव नै गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने