काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
कार्यक्रममा ओलीका लागि आसन छैन । महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । कार्यक्रममा ओली उपस्थित हुने वा नहुने भन्ने एमालेले कुनै जानकारी दिएको छैन ।
जेन जेड युवा आन्दोलनपछि सरकारको नेतृत्व छाडेका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् । उनी बिहीबार मात्र सेनाको ब्यारेकबाट बाहिरिएका हुन् । सेनाको ब्यारेकबाट बाहिरिएपछि ओली गुड्डुस्थित भाडाको घरमा बसेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, अन्य पदमा यस्तो छ नतिजा (ताजा अपडेट)
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर
एमाले महाधिवेशन : सुरु भयो मतगणना