काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
कार्यक्रममा ओलीका लागि आसन छैन । महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । कार्यक्रममा ओली उपस्थित हुने वा नहुने भन्ने एमालेले कुनै जानकारी दिएको छैन ।
जेन जेड युवा आन्दोलनपछि सरकारको नेतृत्व छाडेका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् । उनी बिहीबार मात्र सेनाको ब्यारेकबाट बाहिरिएका हुन् । सेनाको ब्यारेकबाट बाहिरिएपछि ओली गुड्डुस्थित भाडाको घरमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन मूल्यांकन प्रतिवेदन पठाउन एमालेद्वारा मातहत निकायलाई निर्देशन
शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा एमाले नेतृत्वलाई धन्यवाद
एमालेले लगायो समानुपातिक सांसदको टुंगो (सूचीसहित)
एमाले सचिवालय बैठक आज बस्दै
एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी