आइजीपी दानबहादुर कार्कीद्वारा प्रहरीबीच अन्तर्राष्ट्रिय सहकार्यको आह्वान

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १२ : ३६
आइजीपी दानबहादुर कार्कीद्वारा प्रहरीबीच अन्तर्राष्ट्रिय सहकार्यको आह्वान

काठमाडौं । 

संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन उनले त्यस्तो धारणा राखेका हुन् ।

उनले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने भन्दै सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता जोड दिए ।

आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै विश्व शान्ति स्थापनामा नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे ।

साथै, महिला प्रहरीको सहभागिता वृद्धि, समुदाय–प्रहरी साझेदारी, मानव अधिकारको सम्मान तथा कानुनको शासनलाई केन्द्रमा राखेर आधुनिक प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको धारणा उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस