काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक विकास, औद्योगिक विस्तार, रोजगारी अभिवृद्धि र दिगो हरित अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तारले मुलुकको आर्थिक रूपान्तरणसँगै निर्यात प्रवर्द्धनमा समेत योगदान पुर्याउने धारणा राखेका हुन् ।
छलफलका क्रममा निजी क्षेत्रबाट ऊर्जा विकासका क्रममा देखिएका समस्या, लगानीका अवसर तथा नीतिगत चुनौतीबारे इपानले राखेका विषयलाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रधानमन्त्री शाहले बताएका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरी ऊर्जा क्षेत्रका समस्या समाधान तथा सहजीकरणको लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०८३, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी