काठमाडौँ । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गर्दै राजीनामा माग गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद विश्वकर्माले राज्य संयन्त्रको व्यवहार र घटनापछिको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राखेका हुन् ।
उनले गणेश नेपालीले आत्मदाहको प्रयास गर्दा सुरक्षाकर्मीको व्यवहार असंवेदनशील भएको आरोप लगाउँदै घटनामा संलग्न प्रहरी तथा सम्बन्धित कर्मचारीमाथि कडा कारबाही गर्न माग गरे ।
सांसद विश्वकर्माले आगोमा जलिरहेको अवस्थामा रहेका नेपालीलाई उद्धार गर्ने क्रममा अपनाइएको शैलीप्रति प्रश्न उठाउँदै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका थिए । उनले घटनाले सरकारको संवेदनशीलता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको बताए ।
उनको भनाइअनुसार प्रशासनिक संयन्त्रबाट नागरिकप्रति देखाइएको व्यवहार स्वीकार्य हुन नसक्ने भन्दै उनले प्रधानमन्त्री शाह नेतृत्वको सरकारलाई जिम्मेवारी लिन आग्रह गरे ।
राष्ट्रिय सभा सदस्य विश्वकर्माले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने जिकिर गर्दै नैतिक आधारमा प्रधानमन्त्रीले पदबाट हट्नुपर्ने माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०८३, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक आधा घण्टाका लागि स्थगन
राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित
कार्यसूची अघि बढ्न नपाउँदै राष्ट्रिय सभाको बैठक स्थगित
विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
राष्ट्रिय सभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल