गृहमन्त्रीको प्रतिप्रश्न- घाँटी चिच्याएर कराउने ? अस्पतालमा को-को थियौ हिजो ?

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०८३, १७ : ०७
गृहमन्त्रीको प्रतिप्रश्न- घाँटी चिच्याएर कराउने ? अस्पतालमा को-को थियौ हिजो ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणमा स्टन्टबाजी गर्‍यो भन्नेहरूलाई जवाफ फर्काएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले घाँटी चिच्याएर कराएको टिप्पणी गरे।

उनले भने, ‘मैले धेरै माननीय ज्यूहरू उठेर घाँटी सुक्ने गरी चिच्याइराख्नुभएको थियो। देखेँ मैले। हामी गृह मन्त्रालयमा बसेर के गर्ने होला, कसरी गर्ने होला, अब कसरी उहाँहरूलाई सान्त्वना देने होला, के-के गर्ने, कसरी मिलाउने होला भनेर सोच्ने एउटा हामीले एउटा हाम्रो टिम बनाएर हामी कुरा छलफल गरिरहेका थियौँ। कति जना हुनुहुन्थ्यो हिजो, हिजो त्यो हस्पिटलमा तपाईँहरू? जति जनाले घाँटी चिच्याएर कराउनु भइरहेछ।’

उनले सदनमा घाँटी चिच्याएर कराएर नहुने बताए। उनले थपे, ‘म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन, त्यो मुखले बोलेको पचासौँ वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ, ठाउँमा गएर गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्टबाजी भनेर भन्नुहुन्छ। यहाँ स्टन्टबाजी गर्नलाई आएको होइन। देशको सेवा गर्न आएको हो।’

प्रतिक्रिया दिनुहोस