गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नेकपाको नियमापत्ति, रेकर्डबाट हटाउन माग

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०८३, १७ : १२
गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नेकपाको नियमापत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमा नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति गरेका हुन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले संसद्मा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए ।

उनले भने, ‘सदनले सरकारलाई सदनमै खोज्ने हो। सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो। सरकारले सदनलाई जानकारी दिने हो। त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्नेगरी चिच्च्याएको भनेर भन्न मिल्दैन।’

उनले गृहमन्त्रीको अभिव्यक्तिले संसद्प्रति अपमान भएको दाबी गरे। उनले गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । उनले थपे, ‘आगामी दिनमा सरकारका प्रतिनिधिहरू जिम्मेवारीपूर्वक संसद्मा प्रस्तुत हुन र संसद्का सांसदहरूका प्रश्नहरूलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस